भारतले अन्तराष्ट्रिय नियम मिचेर सिमानामा निर्माण गरेको लक्ष्मणपुर बाँधका कारण बाँके डुबानमा

नेपालगन्ज,असार ९ । भारतले अन्तराष्ट्रिय नियम मिचेर सिमानामा निर्माण गरेको लक्ष्मणपुर बाँध र कलकलवा टतबन्धका कारण राप्ती नदिको बहाव रोकिदा बाँकेका सयौं घर परिवार वर्षा पछि डुवानमा परेका छन् । शनिबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीले बाँकेको जनजीवन प्रभावित बनेको हो । वर्षासँगै आएको बाढीले सयौं घर डुबानमा परेपछि राष्ट्रिय आपतकालीन उद्धार केन्द्रले आइतबार एक सूचना जारी गर्दै सतर्कता अपनाउन अपिल गरेको छ ।

चुरेबाट शुरु भई बाँके जिल्ला भएर बहने डुडुवा, मानखोला, झिंझरी लगायतका स–साना सबै खोलानाला आसपास सतर्क रहन सुझाव दिइएको छ । कलकलवा तटबन्धका कारण ति नदिका प्राकृतिक बहाब रोकिने गरेका छन् । राष्ट्रिय आपत्तकालीन उद्धार केन्द्रले उपमहानगरका होचा स्थानहरुमा पनि डुबान हुनसक्नेतर्फ सचेत गराएको छ । लगातारको वर्षाले बाँकेमा सतर्कता तह पार गरेको उद्धार केन्द्रले जनाएको छ ।

यसैबीच, वर्षासँगैको बाढीले नरैनापुर गाउँपालिकाका एक दर्जन बढी घर भत्किएका छन् भने सयौँ घर डुबानमा परेका छन् । दक्षिणतर्फ सीमामा भारतले बाँधजस्तो सडक बनाएका कारण पानीको सहज निकास नहुँदा सीमावर्ती अधिकांश गाउँ डुबानमा परेका गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए ।

बनियाँ गाउँ, महतनियाँ, मझेरटी, मियाँपुर्वा, घोरदौरिया, महादेवनगर, कोटिहा, बहावपुर्वा, रोशनपुर्वालगायतका गाउँका अधिकांश घर डुबानमा परेका छन् । सयभन्दा बढी घर डुबेका र झण्डै एक दर्जन घर भत्किएका अध्यक्ष शाहले जानकारी दिए ।

निर्माणाधीन हुलाकी राजमार्गमा पनि पानीले क्षति पु¥याएको छ । पुल तथा कल्भर्ट बनाइएका ठाउँमा पानीले बाटोको दुवैतिर कटान गरेको उनले बताए । वडा नं १ कट्कुइँयास्थित वडा कार्यालयमा समेत पानी पसेको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए । घरहरुमा पानी पसेपछि गाउँपालिकाका अध्यक्ष शाह नेतृत्वको टोली उद्धारमा खटिएको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv