नेपाल प्रहरी माथि दुर्ब्यहार गर्ने ७ भारतीय नागरिक पक्राउ

पर्सा,असार ९ । मदिरा सेवन गरेर प्रहरीमाथि दुर्ब्यहार गर्ने ७ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । नेपालमा आएर मदिरा सेवन गरेका ७ जना भारतीय नागरिकले प्रहरी माथि नै आक्रमणको प्रयास गरेका हुन् । उनीहरुविरुद्ध सार्वजनिक अपराधअन्तर्गत मुद्धा चलाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

नेपाल आएर मदिरा सेवन गरी सीमावर्ती भारतीय क्षेत्रतिर फर्कंदै गर्दा चेकजाँचमा क्रममा प्रहरीसंग बिवाद भएको हो । विवाद बढ्दै गएपछि भारतीय नागरिकले कुटपिटको प्रयास गरेका थिए । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) अनन्तराम शर्माका अनुसार उनीहरुलाई जिल्लाको जिराभवानी गाउँपालिका–१ महादेवपट्टिबाट नियनत्रणमा लिइएको हो ।

भारतको बिहारमा मदिरा निषेधित गरिएको छ । उता मदिरा सेवन गर्न नपाउने भएपछि सीमा क्षेत्रका भारतीय मदिराका लागि नेपाल आउने गरेका थिए ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv