बिषालु च्याउ खाँदा मृत्युको मुखबाट भाग्यले बाँचेकाहरु नयाँ जीवन पाए पछी ( भिडियो सहित)

काठमाण्डौं,असार १२ । बिषालु च्याउ खाँदा मृत्युको मुखबाट भाग्यले बाँचेकाहरु नयाँ जीवन पाएकाहरुलाई ठकुरी सहयोग संजालले शुभकामना तथा बिदाइ गरेको छ । बुधबार गोङबुको काठमाण्डौंमा एक कार्यक्रमको आयोजना गरी स्वास्थ्यलाभ र शुभकामना बिदाइ गरेको हो ।
संजाल का अध्यक्ष अजय मल्ल ठकुरी , टिचिङ अस्पातल,के एम सी, अस्पातलका प्रमुख ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो । हेर्नुहोस् भिडियो :-

गत जेष्ठ २४ गते पाल्पा जिल्लाको निश्दी गाउँपालिका वडा नम्बर – ३ झिरुवास सार्की डाँडामा रहेको ११ घर मध्यका २ घर ठकुरी परिवार र २ घर खाम्चा मगर परिवारका सदस्यहरु बिरामी भएका थिए । बिषालु च्याउ खाँदा गम्भीर बिरामी भएका मध्ये ५ जना बाँचेका छन ।

संजालका अनुसार संजालले त्यस बस्तिबाट (कक्षा ६ मा पढ्ने रेजिना सिंह जो बिरामीको परिबारबाट क्षेमाको घरमा बसेर पढ्ने भएकोले च्याउ खानु बाट बचेकोलाइ र अर्को कक्षा ८ मा पढने बिमला खाम्चा मगर जो उपचार पछि बचेको ) २ जना बालिकाहरुलाई १ वर्ष सम्मको छात्रवृति “कलम” शैक्षिक परियोजना मार्फत प्रदान गर्ने छ साथै संजालको पहलमा ७९ सहयोगी मनहरुबाट संकलीत रु. १,३४,८२५।- मध्य बिरामीहरुको उपचारमा खर्च भयको रु १८५००/- कटांई बांकी भएको रु १,१६,३२५। रकमबाट जीवित ४ घरको परिबारलाई निजहरुको इच्छा बमोजिम नै आय आर्जनको कामको लागि दामासाहीले बितरण गरिने बताएको छ । त्यस्तै ठकुरी सहयोग संजाल पाल्पाका अधक्ष्य बोम बहादुर शाही राजा तथा केन्द्रिय सल्लाहकार हुम शाही राजाको अगुवाईमा ३६ मनकारी दाताहरुबाट प्राप्त सहायोग रु १८०००/ तत्काल जेष्ठ ३२ गते नै बिरामीहरुको परिबारमा स्थानीय अग्रज श्री दिल बहादुर खाँण ज्यु हस्ते (रु ४५००×४=१८०००) हस्तान्तरण गरिसकिएको जानकारी गराएको छ ।

बिरामीको जीबन रक्षार्थ ठकुरी सहयोग संजालको अनुरोधमा बिरामीहरुको नि:शुल्क उपचार गर्न समन्वय भूमिका खेल्ने नेपाल सरकार, नि:शुल्क उपचार गर्ने टिचिङ्ग, के एम सी तथा मेडीसिटि अस्पताल, जन स्वास्थ्य कार्यालय टेकुका अधिकृत राम कुमार महतो ज्यु , स्वास्वास्थ मन्त्रालयका प्रतिनिधिज्युहरु, उधारोमा औषधी दिन मन्जुर गर्ने श्री राम फर्मा, संघीय सभासद माननीय दल बहादुर राना मगरज्यु , स्थानीय गन्यमान्य ब्यक्तिहरु, उपचारमा संलग्न टिचिङ्ग, के एम सी तथा मेडीसिटि अस्पतालका चिकित्सकहरु, नर्सहरु, , अस्पताल प्रशासन, बिरामीको उपचारको सबै चाजो पाजो ब्यबस्थापन गर्न अहोरात्र खटिबक्सने संजालका अभियन्ताहरु, सहयोग गर्ने सबै दाताहरु, स्थानीय सरोकारवाला जनप्रतिनिधिज्युहरु, पत्रकार रतन चन्द र नियात्रा अनलाइन टिभी, पदम थापा मगर मगर लाफा अनलाइन टिभी, दर्पण नेपालका पत्रकार, तथा अन्य प्रत्रकार साथीहरु, देश विदेशबाट बिरामीहरुको स्वास्थ लाभको कामना र सफल उपचारको लागि शुभेच्छा प्रदान गर्ने सम्पूर्ण नेपाली दाजुभाइ, दिदिबहिनिहरु, उपचारमा प्रतक्ष्य, अप्रतक्ष्य साथ सहयोग गर्ने सबै सहयोगी हातहरु तथा बिरामीहरुको जीबन रक्षाको लागि प्राथना गर्ने सम्पूर्ण बिरामीका आफन्त, साथीभाई, छर छिमेक तथा नेपालीमनहरुलाई साथै ४ जना मृतकहरुको अन्तेष्टिको लागि निःशुल्क दाहा संस्कार गर्न सहयोग गर्ने पशुपति क्षेत्र बिकास कोष, मारवाडी सेवा समिती लगायत सबैमा ठकुरी सहयोग संजालहरु प्रती आभार तथा धन्यवाद ब्यक्त गरेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv