अभिनेत्री करिष्मा मानन्धरले एसइई पास गरिन

काठमाण्डौं,असार १२ । अभिनेत्री करिष्मा मानन्धरले यस वर्ष एसइई दिएकी थिइन्। बिहीबार एसइईको नतिजा सार्वजनिक हुने समाचार आइरहँदा उनका मनमा अनेकथरी भावहरु आइरहेका थिए। सँगै आफन्त र शुभचिन्तकका फोन आइरहेको थिए, ‘आज त रिजल्ट आउने रे नि ! बिहीबार दिउसो नतिजा सार्वजनिक भएपछि करिष्मा मिश्रित मनोभावका साथ आफ्नो नतिजा हेर्न पुगिन्। नतिजा अपेक्षित थियो। अर्थात् बी प्लस। पढ्ने उमेरमा करियर बनाउनतर्फ लागेपछि औपचारिक शिक्षा बीचमै रोकिएकी करिष्मालाई यो नतिजाले उत्साहित बनाएको छ।

करिष्माले नतिजापछि उनले भनिन्, ‘निकै खुशी छु । बधाइका फोन निरन्तर आइरहेका छन्।’ कक्षा ७ बाट मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलमा पढेकी हुन् करिष्माले। एसइई परीक्षा पनि सोही स्कुलबाट दिएकी हुन्। उनको परीक्षा केन्द्र विजय स्मारक माध्यमिक विद्यालय डिल्लीबजार थियो।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv