नायीका करिश्मा मानन्धर र सांसद शान्ता चौधरीको एसईईको परिणाम कस्तो आयो ? हेर्नुहोस्
काठमाण्डौं,असार १२ । यस बर्षको एसईई नतिजा सार्वजानिक भए लगत्तै सबैको चासो बनेका नायीका करिश्मा मानन्धर र सांसद शान्ता चौधरीको पनि परिणाम थाहा भएको छ । नायीका मानन्धर र सांसद चौधरीले यो वर्ष एसईई परिक्षा दिएका थिए । परिक्षाका लागि निकै राम्रो तयारी गरेका यि दुवैले राम्रो परिणाम ल्याएका छन् । यो पटक एसईई परीक्षामा सामेल माननीय शान्ता चौधरी र नायिका करिष्मा मानन्धरको नतिजा के कस्तो आयो ?
भनेर चासो राख्नेहरुको जिज्ञासा अब सकिएको छ । दृढ इच्छा शक्ति,लगाव भए संसरमा असम्भव भन्ने बस्तु नै के रहन्छ र ? भन्ने कुरालाई उदाहरण बनाउँदै उनीहरुले उमेर ४० कटेपछि एसईई परिक्षा दिएका थिए । संघीय सभाको सांसद तथा नेकपा सचेतक शान्ता चौधरी र नायीका करिश्मा मानन्धरले अध्ययनका लागि उमेरले छेक्दैन भन्ने उदाहरण प्रस्तुत गरेका छन् । ।
हिजोको कहालीलाग्दो दिनबाट उठेर आज संघीय सांसदसम्म बन्न सफल शान्ता चौधरी यो पटकको एसईई परीक्षामा बी ग्रेडमा उत्र्तीण भएकी छन् । यस्तै उनीसंगै एसईई परीक्षामा सामेल सदावहार नायिका करिष्मा मानन्धर बी प्लस ग्रेड आएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजानिक गरेको परीक्षाफल अनुसार नायिका करिष्मा मानन्धरले बी प्लस ग्रेड ल्याएकी छिन भने संघीय सभाको सांसद तथा नेकपा सचेतक समेत रहेकी शान्ता चौधरीले भने बी ग्रेड ल्याएकी छिन् । प्राप्ताकं अनुसार शान्ता चौधरीले २ दशमलव ६५ जीपीए ल्याएकी छन् भने करिश्माले ३ जीपीए ल्याएकी छन्