कुशे गाउँपालिकाद्धारा दलित समुदायका तीन सय घरधुरीलाई सोलार सेट बितरण

काठमाण्डौं,असार १४ । कुशे गाउँपालिकाले दलित समुदायका तीन सय घरधुरीलाई सोलार सेट बितरण गरेको छ । बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको अनुदानमा कुशे गाउँपालिकाले दलित समुदायका तीन सय घरधुरीलाई सोलार सेट बितरण गरेको हो ।

कुशे गाउँपालिका भित्रका दलितहरुको घरधुरी संख्या सर्वेक्षण गर्दा ६ सय भन्दा बढि रहेको बताउदै कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले अध्यारोबाट बन्चित भएर घरमा पढ्न नपाई रहेका दलित समुदायका बालबालिकालाई लक्षित गरेर सोलार सेट बितरण गरिएको बताए । दलित समुदाय भित्रका अति विपन्न तीन सय घरधुरीको सर्बेक्षण गरेर सोलार सेट बितरण गरिएको अध्यक्ष बस्नेतको भनाई रहेको छ ।

अबसर बाँडफाँडमा गाउँपालिकाले दलित समुदायलाई उच्च प्राथमिकतामा राखेको बताउदै अध्यक्ष बस्नेतले सोलार सेट वितरण कार्यक्रमले गाउँपालिकालाई आवश्यक पर्ने दलित समुदायबाट दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने बताए । अबसर बाँडफाँडमा “कोहि पनि नछुटुन र कोही पनि नदोरिउन” भन्ने गाउँपालिकाको रणनीति रहेको बताउदै अध्यक्ष बस्नेतले सोलार सेट प्राप्त गर्न नसकेका दलित समुदायलाई अन्य अबसर प्रदान गरिन बताए । निशुल्क सोलार सेट पाएपछि सोलार सेट बुझ्नका लागि गाउँपालिकाको प्रशासनिक केन्द्र भार्मामा पुगेका कुशे गाउँपालिकाका दलित समुदायका तीन सय घरधुरीले खुशी व्यक्त गरेका छन् । साथै उनीहरुले निशुल्क सोलार सेट प्राप्त गर्नका लागि व्यवस्थापन गरिदिने गाउँपालिकालाई धन्यवाद दिएका छन् ।

दलित समुदायका तीन सय घरधुरीलाई निशुल्क सोलार सेट बितरण गर्नका लागि बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाह र आफुले काठमाडौंमा निक्कै दौडधुप गर्नुपरेको अध्यक्ष बस्नेतले जानकारी दिए । अध्यक्ष बस्नेतले दिएको जानकारी अनुसार बारेकोट गाउँपालिकाले पनि दलित समुदायका बिपन्न तीन सय घरधुरीलाई निशुल्क सोलार सेट वितरण गरेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv