मिलेन ओली र दाहालको कुरा, छलफल विना निष्कर्ष टुंगियो
काठमाडौं,असार १९ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुस्पकमल दाहालबीच आज भएको छलफल विना निष्कर्ष टुंगिएको छ । पार्टीको राजनीतिक प्रतिवेदनलाई लिएर उत्पन्न मतभेद साम्य पार्ने प्रयास स्वरुप सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा’ का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड’बीच आज विहान भएको छलफल बिना निष्कर्ष टुंगिएको हो ।
राजनीतिक विषयमा टुंगोमा पुग्न दुई अध्यक्षबीच बुधबार बिहान छलफल चलेको थियो । तर उक्त छलफल कुनै टुंगोमा पुग्न नसकेको एक नेताले बताए । प्रधानमन्त्री समेत रहेका ओलीले नेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद राजनीतिक प्रतिवेदनमा नराख्ने निर्णयमा पुगे पनि अन्य महत्वपूर्ण विषयहरुमा एक मत बनाउन नसक्दा नेकपाको राजनीतिक प्रतिवेदन प्रकाशन हुन सकेको छैन ।
राजनीतिक प्रतिवेदन सहमतिका साथ प्रकाशन गर्ने प्रयासस्वरुप आइतबार ओली र दाहालले झण्डै तीन घण्टा बालुवाटारमा छलफल गरेका थिए । तर छलफल निष्कर्ष उन्मुख हुन नसकेपछि छुट्एका उनीहरुबीच आज बिहान फेरि छलफल भएको हो ।