दीपक मनाङे नेकपामा प्रवेश, मुख्यमन्त्रीले लगाइदिए खादा

काठमाडौं,असार १९ । गुण्डा नाइके भनेर चिनिने राजीव गुरुङ सत्तारुढ नकेपा प्रवेश गरेका छन् । उनलाई दिपक मनाङेका नाममा गुण्डा नाइके भनेर प्रख्यात छन् । गुरुङ हाल मनाङबाट गण्डकी प्रदेशका सांसदसमेत हुन् । नेकपाकै समर्थनमा उनी सांसद बनेका हुन् ।

नेकपाका स्थायी समिति सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार उनलाई पार्टी प्रवेश गराएका छन् । मनाङे पार्टी प्रवेश गर्ने हल्ला यस अघि नै चलेको थियो । मनाङेलाई गुरुङले टीका र खादा लगाएर पार्टीमा स्वागत गरेका छन् । यस्तै उनले पार्टी विधान पनि हस्तान्तरण गरेका छन् । दरबार शक्तिमा हुँदा मनाङे नारायणहिटीको संरक्षणमा ठमेल क्षेत्रमा गुण्डागर्दी गर्थे । पछि काँग्रेस सँग नजिकिए ।

राजधानीमा एमाले र काँग्रेसको बेलाबेला हुने झडपमा काँग्रेसको पक्षबाट धेरै एमालेलाई कुटेका मनाङे अन्तत नेकपामा प्रवेश गरेका छन् । गत निर्वाचनमा मनाङेलाई नेकपाले प्रदेशसभा सदस्यको उम्मेदवार बनाएको थियो । तर, फौजदारी अभियोग लागेकालाई उम्मेदवार बनाएको भन्दै विरोध भएपछि नेकपाले देखिने गरी उनलाई बोकेन । तर, चुनाव नेकपाकै भोटले जितेका हुन् ।

चुनाव जिते पनि लामो समय उनी भूमिगत रहेका थिए । कारण, फौजदारी अभियोगमा उनलाई उच्च अदालत पाटनले दोषी ठहर गरेका कारण उनी भूमिगत थिए । पछि उनी पुनरावेदनका लागि सर्वोच्च गए । सर्वोच्चले थुनामा नराखी अनुसन्धान गर्न आदेश दिएपछि गुरुङलाई प्रदेश सभा सदस्यको सपथ खुवाइएको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv