प्रचण्डका घरभेटीलाई कारवाही

काठमाडौं,असार २० । भक्तपुरदेखि नगरकोट जाने सडक समयमै सम्पन्न नगरेको भन्दै सो सडक निर्माणको जिम्मा लिएका निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीलाई कारवाही गरिएको छ । उनी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरभेटी हुन् । सडक विभागले अधिकारीको कम्पनी शैलुङ कन्स्ट्रक्सनलाई कारबाहीस्वरुप जरिवाना तिर्न लगाएको हो ।

शैलुङ कन्स्ट्रक्सनका मालिक शारदालाई सडक निर्माणमा ढिलाइ गरेको आरोपमा विभागले उनलाई ठेक्का रकमको १० प्रतिशत जरिवाना गराएको हो । सो सडक निर्माणका लागि तीनपटक म्याद थप गरिदिँदा पनि समयमै काम सम्पन्न नगरेको जरिवाना गरिएको विभागले जनाएको छ ।

नगरकोट जाने सडक दुई वर्षमा सक्नुपर्ने ठेक्का सम्झौता भए पनि चार वर्ष सकिँदा समेत ५० प्रतिशतभन्दा बढी निर्माण सम्पन्न नभएको जनाइएको छ । ३० करोड रुपैयाँ लागत तय भएको सो सडकका लागि हालसम्म ठेकेदार कम्पनीले १४ करोड रुपैयाँ भुक्तानी लिइसकेको छ । पछिल्लो समय सकिएको म्याद भने थप गरिएको छैन ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv