बरबरमहलमा ट्याक्सीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौं, २१ असार । काठमाडौंको बबरमहलमा आज (शनिबार) बिहान ट्याक्सीले स्कुटरलाई ठक्कर दिँदा एक पुरुषको ज्यान गएको छ। दुर्घटनामा ओखलढुंगाको सुनकोशी गाउँपालिका ८, का दीपक थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान २ बजेतिर बा २ ज ११८८ नम्बरको ट्याक्सीले बा ८३ प ४०३५ नम्बरको स्कुटरलाई ठक्कर दिँएको हो । स्कुटरको पछाडि बसेका थापाको घटनास्थलमै ज्यान गएको हो।

दुर्घटनामा घाइते भएका स्कुटरका चालक काभ्रेको पनौती १०, का २२ वर्षीय रोहितसिंह ठकुरीको अहिले अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv