खुल्ला दोहोरी गीत प्रतियोगिता हुँदै

काठमाण्डौं,असार २१ । मौलिक लोक संस्कृतिको संरक्षण र नयाँ कलाकारलाइ प्रोत्सहानको लागि खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल र सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरको संयुक्त आयोजनामा यही असार २२ गतेबाट सुरु भएर २५ गते सम्पन्न हुने सोही प्रतियोगिताका संयोजक एवं प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष रामेश बिजिले जानकारी दिए ।

उक्त कार्यक्रममा बरिष्ठ लोकदोहोरी गायक नारायण रायमाझीको प्रमुख आतिथ्य रहनेछ । जमलस्थीत राष्ट्रिय नाचघर कै एक सभाहलमा हुने उक्त प्रतियोगितामा देशका विभिन्न जिल्लाहरुबाट करिब ४० वटा समूहले भाग लिनेछन् ।

प्रतियोगिताका संयोजक एवं बरिष्ठ उपाध्यक्ष बिजीका अनुसार एक समूहमा महिला या पुरुष चार जना रहने छन् । सोही समूहले मौलिक लोक संस्कृतिको संरक्षणमा आंच नआउँने गरि शिष्ट भाषा र सालिन स्वभावमा गीत गाउन पर्नेछ । कार्यक्रम असार २२ गते बिहान ११: ३० बजेबाट सुरु हुनेछ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv