लोकदोहरी गायकहरुको कुम्भ मेला शुरु

काठमाण्डौ,असार २३ । लोक कला संस्कृतीको जगेर्ना गर्ने उदेश्यले साँस्कृतिक संस्थान राष्ट्रिय नाचघर र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय समितीद्धारा संयुक्त आयोजनामा असार २२ गते देखी “राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगीता” सुरु भएको छ । यस प्रतियोगीता कार्यक्रम यही असार २५ गते सम्पन्न हुने छ । “राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगीता” साँस्कृतीक संस्थानका महाप्रबन्धक राजेश थापाको सभापतित्वमा भएको थियो भने प्रमुख अतिथीको रुपमा बरिष्ठ गायक एबं चलचित्र निर्देशक नारायण रायमाझी रहनु भएको थियो ।

सो कार्यक्रमका प्रमुख अतिथी नारायण रायमाझीले दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा अतिथीको रुपमा कृष्ण सुधा ढुंगाना, बद्री पंगेनी, पृथ्बी थकाली, सुवास केसी, बद्री पराजुली, शिब हमाल, दिपक खड्का, मिना बज्राचार्य, पम्फा सापकोटा, मिना खड्का, शिबहरी कार्की, कमल गाउले, उमा श्रेष्ठ, डिपी लोप्चन लगायत धेरै कलाकारहरु रहेका थिए । उद्घाटन कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय समितीका अध्यक्ष बद्री पंगेनीले स्वागत मन्तब्य राखेका थिए ।

यस प्रतियोगीतामा २८ वटा समुहले भाग लिएका छन् । प्रतियोगीतामा प्रतियोगी समुहको समायोजन कृष्ण आँशुले गरेका छनु् भने सो कार्यक्रमको संयोजकको रुपमा प्रतिष्ठानका केन्द्रिय बरिष्ठ उपाध्यक्ष एबम् बरिष्ठ गीतकार रमेश बिजी रहेका छन् । दोहोरी प्रतियोगीतामा बिभिन्न संघ संस्था र ब्यक्तीहरुले आर्थिक, नैतिक, भौतिक रुपमा सहयोग गरेका छन् । कार्यक्रममा कलाकार र पत्रकारहरुको बाक्लो उपस्थिीती रहेको थियो । राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगीता कार्यक्रममा मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली “अभिब्यक्ती” रहेका छन् ।

कार्यक्रम संयोजक एबम् कार्यक्रम अवधीभर कार्यक्रम सञ्चालकको रुपमा रहेका रमेश बिजीले दर्शक एबम् पत्रकारहरुलाई आभार प्रकट गर्दै कार्यक्रम अवधीभर उपस्थित भैदिनुहुन अनुरोध समेत गरेका छन् । कार्यक्रमको पहिलो दिन भब्य रुपमा भएको थियो । कार्यक्रम अवधीभर मिडिया र दर्शकहरुको साथ रहने कुरामा केन्द्रिय अध्यक्ष बद्री पंगेनी बिश्वस्त रहेको कुरा बताएका छन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv