अखिलका सहसंयोजक रन्जित तमाङ ले दम्भ देखाएपछि नेविसंघका ऋषिकेश शाहले औकात सम्झाइदिए

काठमाण्डौं,असार २५ । नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहले कम्युनिस्टहरूको दुईतिहाइको घमण्डले कम्युनिस्टका विद्यार्थी नेताहरूमा समेत दम्भ उर्लिएको भन्दै चिन्ता जनाएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भ्रातृ संगठन अखिल नेपाल विद्यार्थी संगठन (अनेरास्ववियु)का सहसंयोजक रञ्जीत तामाङले नेविसंघलाई होच्याउने गरेर मंगलबार नानाथरी टिप्पणी गरेपछि नेविसंघका उपाध्यक्ष शाहले दुईतिहाइको घमण्डलाई सम्हालेर राख्न चेतावनी दिएका हुन् ।

माओवादी पृष्ठभूमि भएका अखिलका सहसंयोजक तामाङलाई नेविसंघका पूर्वउपाध्यक्ष शाहले चेतावनी दिँदै भनेका छन्, ‘दुईतिहाइको घमण्ड र दम्भ सिंहदरबारदेखि वडा कार्यालयसम्म उर्लिएको छ । प्रधानमन्त्री केपी ओली, सञ्चारमन्त्री गोकुल बास्कोटा, सल्लाहकार विष्णु रिमालदेखि अखिलका सह–संयोजक रञ्जीत तामाङसम्मको पछिल्लो अभिव्यक्ति त्यसको प्रमाण हो ।’

‘दरबारको ताबेदारीमा जन्मिएर हुर्किएको अखिलका नेताले जेलको चारदिवारभित्र जन्मिएको क्रान्तिको प्रतीक नेविसंघको आकारको चिन्ता नलिए हुन्छ’, नेविसंघका पूर्वउपाध्यक्ष शाहले अखिलका सहसंयोजक तामाङलाई चेतावनी दिँदै भनेका छन्, ‘देशभरका कलेज र स्कूलसम्म हरेक स्थानमा कम्युनिस्ट अधिनायकवादका विरुद्ध नेबिसंघ उर्लिएको दिन यस्ता अहंकार र दम्भ पातपतंग जस्तै उडनेछ । र, त्यो दिन धेरै टाढा छैन प्रतीक्षा गरेर बस्नु होला ।’

‘महत्वपूर्ण कुरा के हो भने गुलामी र क्रान्तिमा फरक छ’, शाहले कम्युनिस्टहरूको दुईतिहाइको दम्भलाई चेतावनी दिँदै भनेका भनेका छन्, ‘होली वाईनको रसपान गरेर नेपाल र नेपालीको अस्तित्व मेटाउन खोज्नेका विरुद्ध १०–२०–५० र १०० गर्दै लाखौँ सडकमा आउनेछन् । छिट्टै आउनेछन् ।’

‘अहंकारले भरिएको चेतनाले आफ्नो मात प्रदर्शन गर्ने चाहना राखेको छ भने स्ववियू निर्वाचन घोषणा गराउनु अनि हेरौँला मैदानमा’, नेविसंघका नेता शाहले भनेका छन्, ‘सकिने बेला कमिलाको प्वाँख पलाउँछ भन्ने कुरा स्मरण रहोस् ।’

नेकपाको भ्रातृ संगठन अनेरास्ववियुका सहसंयोजक रञ्जीत तामाङले बुधबार नेविसंघले काठमाडौंमा गरेको प्रदर्शनलाई लक्षित गरेर होच्याएउँदै फेसबुकमा स्टाटस लेखेपछि नेविसंघका पूर्वउपाध्यक्ष शाहले कम्युनिस्टहरूलाई सोही शैलीमा कडा जवाफ दिएका हुन् । शाहको जवाफले अखिलका नेताहरूको मुटु हल्लिएको छ ।

अखिलका सहसंयोजक तामाङले नेबिसंघ अझै रहेछ भनेर व्याङ्गात्मक शैलीमा तल्लोस्तरको टिप्पणी गरेका छन् ।

‘आज (बुधबार) त्रिचन्द्र कलेजको घण्टाघर अगाडि २०–२५ जना तरकारी बोकेर नारा उराल्दै गरेका’, तामाङले फेसबुकमा लेखेका छन्, ‘सिमसिमे वर्षा झरीबीच सानो छेस्कोमा खुम्चिएको रुमाल जत्रो २ वटा झण्डा बोकेका । खुसी लाग्यो नेविसंघ अझै रहेछ ।’

नेकपा निकटको अखिलका सहसंयोजक तामाङको यो टिप्पणीले देशभरिका नेविसंघका कार्यकर्ताहरूको चित्त दुखाएको शाहले बताएका छन् । आगामी दिनमा दुईतिहाइको नेकपालाई नेविसंघले उनीहरूको औकात देखाइदिने नेविसंघका पूर्वउपाध्यक्ष शाहले चेतावनी दिएका हुन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv