दोहोरी प्रतियोगिताको प्रथम उपाधि जुनकिरिलाई ( फोटो फिचर )

काठमाण्डौं,असार २६ । मौलिक लोक संस्कृतिको संरक्षण तथा नयाँ कलाकारलाइ प्रोत्सहानको लागि आयोजना गरिएको खुल्ला दोहोरी गीत प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल र सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरको संयुक्त आयोजनामा गत असार २२ गतेबाट सुरु भएर २५ गते केन्द्रिय राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको हो ।

प्रतियोगितामा २८ समुहका कलाकारले सहभागिता जनाएका थिए । उक्त प्रतियोगितामा सहभागी सबै कलाकारले मौलिक लोक संस्कृतिको संरक्षणमा सघाउ पुग्ने गरि शिष्ट भाषा र सालिन स्वभावमा दोहोरी गीत प्रस्तुत गरेका थिए । प्रतिष्ठानका केन्द्रिय बरिष्ठ उपाध्यक्ष रमेश बिजिको संयोजन तथा संचालन रहेको प्रतियोगितामा जुनकिरी दोहोरी साँझले प्रथम पुरस्कार हात पार्न सफल भएको छ भने नगरकोट दोहोरी साँझ (ख) दोस्रो, गन्डकी प्रदेश तेस्रो भएका छन् । त्यस्तै सान्त्वना पुरस्कार नगरकोट दोहोरी साँझ (क) ले हात पारेको छ ।

अनुशासित कलाकारमा जालुमाया गुरुङ, नवाेदित कलाकारमा कृष्णा राना क्षेत्री, उत्कृष्ट गायन पुरुष अर्जुन खड्का, उत्कृष्ट गायन महिला सपना रोका सफल भए । सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरका महाप्रबन्धक राजेश थापाको अध्यक्षता तथा बरिष्ठ लोकगायक नारायण रायमाझीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय अध्यक्ष बद्री पंगेनी विशेष अतिथि रहेका थिए ।

प्रतियोगीताका बिजेता कलाकारहरुमा प्रथम हुनेले रु १ लाख, दोस्रोले ५० हजार, तेस्रोले २५ हजार पुरस्कार प्राप्त गरे । त्यस्तै सान्त्वना पुरस्कार रु १० हजार, उत्कृष्ट गायन महिला र पुरुष ५ / ५ हजार , नवाेदित कलाकार र अनुशासित कलाकारले रु २५०० / २५०० पुरस्कार हात पारे । प्रथम पुरस्कारको प्रायोजन पृथ्वी थकालिले गरेका थिए ।

बिजेता प्रतियोगीलाई पुरस्कार हस्तान्तरण गर्दै प्रमुख अतिथि नारायण माझीले यस्तै कार्यक्रम गर्दै जाने र कलाकारहरुले पनि सोही अनुरुप मौलिक लोक संस्कृतिको संरक्षणमा सहयोग गर्ने भएदेखि पछिल्लो समयमा लोकदोहोरी भित्र भएको विकृति र विसंगतिलाई छिट्टै निर्मुल पार्न सकिने बताए ।

सोही क्रममा महाप्रबन्धक एवं कार्यक्रमका अध्यक्ष राजेश थापाले पनि सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको सम्बन्ध नङ र मासुको जस्तै भएकाले आगामी दिनमा पनि यस्तै दोहोरी प्रतियोगितामा समन्वय गरेर मौलिक लोक संस्कृतिलाई माथि उठाउन सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

त्यस्तै प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले सबै कलाकारको एउटै छाता संगठन संस्था प्रतिष्ठान भएकाले देशै भरिका कलाकारलाई एकीकृत गराएर यो क्षेत्रलाई अझै मजबुत बनाउन पर्नेमा जोड दिँदै सरकारको तर्फबाट पनि अझै आफुहरुले सोचेको जस्तो सहयोग नपाएको गुनासो गरे ।

त्यसैगरि उक्त प्रतियोगितामा सहभागी समूह जुनकिरी दोहोरी साँझको तर्फबाट प्रतिनिधित्व गर्दै गायिका बबिता बानियाँ (जेरी) ले काठमाडौँको धापासीस्थित बन्दै गरेको प्रतिष्ठानको केन्द्रिय भवन निर्माणमा सहयोगको लागि सोही प्रतियोगिताबाट जितेको प्रथम पुरस्कार रू १ लाख मध्ये १० हजार प्रतिष्ठानका केन्द्रिय कोषाध्यक्ष दिपक खड्कालाई हस्तान्तरण गरिन् । कार्यक्रममा प्रतियोगी समुहको संयोजन कृष्ण आँशुकाे थियाे भने मिडिया संयोजनमा पत्रकार प्रकाश बराईली थिए ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv