बागमती सफाई गर्दै ६ वर्षे बालक

बैशाख २९, काठमाण्डौ । अधिकार संपन्न बागमती सरसफाई अभियानमा जनलहर बढ्दो । करिब पाच वर्ष अघि सुरुवात गरिएको बागमती सरसफाई अभियान आज सम्म लाखौ चेतनशील नागरिकहरुको सहभागीता भैसकेको छ भने हजारौ टन फोहोरलाई संकलन गरेर ब्यबस्थित पनि गरिएको छ । बागमतीको स्वरुप पनि परिवर्तन भैरहेको छ । बागमती सरसफाई अभियानलाई साथ दिदै नेपाल सरकारका उच्च तह देखि तल्लो तहका कर्मचारीहरु, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल लगायत दर्जनौ संघ संस्थाहरु सहभागी भएका छन् ।

यहि अभियानलाई साथ दिदै बागमती नदि सरसफाई अभियानको २५८ औ हप्ता देखि छ वर्षे बालक पनि निरन्तर बागमती सफाईमा जुटेका छन् । खुटृामा गमबुट, हातमा पन्जा र मुखमा माक्स लगाएर उनी बागमतीमा फोहोर संकलन गरिएका हुन्छन् । जो कहिला हेर्दा अचम्म लाग्ने यो दृष्य नजिकबाट नियाल्दा उनी साच्चिकै मन लागएर बागमती सफाई गरि रहेका छन् । संभवत सफाई अभियानमा सहभागी हुने उनी सबैभन्दा कान्छा सहभागी हुन् ।


लगातार चौथो हप्तामा बागमतीमा देखिएका ती बालकका बारेमा बुझ्दा उनी चलचित्र निर्माता एवं कलाकार सन्तोष सेनका छोरा आयुव सेन रहेछन् । आफ्नो बुबा बागमती सफाईमा लागे पछि उनलाई पनि बागमती सरसफाईमा सहभागी हुने प्रेरणा जागेर उनी अभिभावकका बागमाती धाउन थालेका हुन् । यी बालकबाट सबैलाई प्रेरणा मिल्न सक्छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv