अझै आइतबार सम्म मनसुन रहने

काठमाण्डौं,असार २८ । अझै आइतबार सम्म मनसुन अति सक्रिय हुने भएकाले देशमा भारी वर्षा जारी रहने सम्भावना कायम रहेको मौसमविद्ले बताएका छन्। उनीहरुले सतर्क रहन सर्वसाधारणलाई अपिल गरेका छन् ।

‘आज पनि पूर्व र मध्य क्षेत्रका तराई पहाड दुवै र पश्चिमको तराई क्षेत्रमा भारी वर्षा हुने सम्भावना छ। मौसमविद्का अनुसार हाल मनसुन न्यून चापीय रेखा मध्य र पूर्वी नेपालको तराई भूभागमा र पश्चिमी नेपालको पहाडी भूभागनजिक अवस्थित छ। यसका साथै मध्य र पूर्वी नेपालनजिक एउटा न्यून चापीयसमेत रहेकाले आगामी २ दिनसम्म मनसुन अति सक्रिय रहने देखिएको महाशाखाले जनाएको छ।

भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी शुक्रबार साँझसम्म मुलुकभर कम्तीमा २२ जनाको ज्यान गइसकेको छ भने ५ जना बेपत्ता छन्। बाढी पहिरोका कारण ४३५ परिवार विस्थापित भइसकेका छन्।

‘आगामी दुई दिनसम्म अति सतर्क हुन आवश्यक रहेको मौसमविद्श्रेले सुझाव दिएका छन् । बाढीपहिरोको जोखिम रहेका क्षेत्रका मासिनले आफ्नो ज्यानको सुरक्षामा ध्यान दिन जरुरी छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिरबार देशभर वर्षा जारी रहने सम्भावना छ। देशका पूर्व र मध्य क्षेत्रका तराई र पहाडी भू भागमा र पश्चिमी भू भागको तराई क्षेत्रमा भारी वर्षाको सम्भावना छ। पूर्व र मध्य क्षेत्रका पहाड र तराईका एक दुई ठाउँमा धेरै भारी वर्षा हुने सम्भावना छ। यस्तै राति पनि सोही क्रम जारी रहने तथा देशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv