महेन्द्र राजमार्गको बर्दीवास नजिक भाप्सी पुलको एउटा स्पान बगाउँदा बाटो अबरुद्ध
काठमान्डौं, असार २८ । हेटौंडादेखि भीमफेदी हुंदै कुलेखानी सम्म र त्रिभुवन राजपथको बाटो खुलेको छ ।
त्यस्तै महेन्द्र राजमार्गको बर्दीवास नजिक भाप्सी पुलको एउटा स्पान बगाएकोले अहिले यातायात अबरुध्द छ, खहरे खोला भएकोले पानी पर्न रोकिने बित्तिकै खोलामा डाइभर्सन बनाई यातायात चालु गरिने तयारीमा रहेको छ सडक बिभागले जनाएको छ । केही दिन यता देखी लगातार बर्षाका कारण देशका बिभिन्न स्थानमा बाढी पहिरो र सडक अबरुद्ध भएका छन ।
