वर्षाका कारण पहिरोले घर पुरिँदा दुईजना बेपत्ता

मकवानपुर,असार ३० । कवानपुरको मार्खुमा आइतबार रातीको वर्षाका कारण पहिरोले घर पुरिँदा दुईजना बेपत्ता भएका छन् । अर्का एक जना पहिरोमा परी घाइते भएका छन् ।

आइतबार राती लगातार त्यस क्षेत्रमा पानी परेकाले पहिरो खसेर घर बगाउँदा दुईजना पुरिएको आशंका गरिएको छ । पहिरोमा पुरिनेमा ईन्द्रसरोबर गाउँपालिका १ मार्खुकी कान्छीमाया बलामी र १८ वर्षीया छोरी बबिता बलामी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।

पहिरोमा ३८ बर्षीया बुहारी बेली बलामी घाइते भएकी छिन् । आइतबार राति नै पहिरो खसेको भए पनि स्थानीयले बिहान मात्र थाहा पाएका थिए । बिहानपख छिमेकीले बलामीकोे घरै नदेखेपछी प्रहरीलाई खबर गरेका थिए ।

पहिरोमा पुरिएकाहरुको उद्धारका लागि नेपाली सेना र इलाका प्रहरी कार्यालय चित्लाङकाे टाेली खटिरहेकाे छ । घर माथि रहेकाे डाडा भस्केर घरलाई पुरेकाे छ । आजको उज्यालो मा समाचार छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv