आज राजमार्गको अवस्था कस्तो ? प्रहरी प्रधान कार्यालयले दियो यस्तो जानकारी

काठमाण्डौं,असार ३० । निरन्तरको वर्षाका कारण आएको बाढी पहिरोले देशका विभिन्न सडकमा अवरोध पुर्‍याएको छ । बाढी तथा पहिरोका कारण मकवानपुरबाट फाखेल हुँदै काठमाण्डौ आउने तथा सिस्नेरी फर्पिङ हुँदै काठमाण्डौ आउने सडक अवरुद्ध भएको छ ।

यस्तै ललितपुरको भट्टेडाडा अग्राङ टुङ्गुन हुँदै हेटौँडा जाने शान्ति लोकपथ, रामेछापको मन्थलीबाट काठमाण्डौ आउने सडक, सिन्धुलीको बहादुरे खाला, सोलु खोला र खाङखाङ खोलामा आएको पहिरोले मध्यपहाडी लोक मार्ग, बेसिशहर मनाङ सडक खण्ड पनि अवरुद्ध छ ।

मुस्ताङ, खोलढुङ्गा, मकवानपुर, सिन्धुली, रामेछाप, भोजपुर, धनकुटा, रोतहट, महोत्तरी, पाल्पा, कालिकोट, महोत्तरी लगायतका जिल्लाका विभिन्न स्थानमा सडक अवरुद्ध रहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
यस्तै सप्तकोशी नदीमा पनि पानीको बहाब अझै कम नभएकाले अहिले २७ वटा ढोका खोलिएको पनि प्रहरीले जनाएको छ । अहिले नारायणी नदी, कमला नदी, काली गण्डकी, त्रिशुली, राप्ती लगायतका नदीमा पानीको बहाब खतराभन्दा तल रहेको छ ।

कुलेखानी ड्याममा भने पानीको सतह निरन्तर बढ्दै गएकाले ड्यामको ढोका खोल्नु पर्ने अवस्था आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv