प्रशासकीय प्रमुखलाई कार्यालय नछाड्न आदेश
काठमाण्डौं,असार ३० । वर्षातको समयमा बाढीपहिरो र डुबानबाट प्रभावितको तत्काल उद्धार र राहतका लागि काम गर्नुपर्ने भएकाले कार्यालय छाडेर कतै नजान मन्त्रालयले सोमबार निर्देशन दिएको हो ।
विपदको समयमा कतिपय प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा उपस्थित नभएका कारण स्थानीय तहबाट उद्धार र राहतको काममा बाधा परेको गुनासो आएको उल्लेख गर्दै मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमै बसेर राहत र उद्धारमा सहयोग गर्न लिखित निर्देशन दिएको हो ।