सरकार र विप्लवबीच वार्ता हुँदै, नेपालगन्ज पुग्यो सरकारी वार्ता टोली

काठमाडौं,असार ३१ । सरकार र सरकारद्वारा प्रतिबन्धित दल नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच आज (मंगलबार) वार्ता हुने भएको छ । बाँकेको नेपालगन्जमा वार्तास्थल तोकिएको छ । तर नेपालगन्जको कुन स्थानमा वार्ता हुर्दैछ भन्ने कुरा भने खुलाईएको छैन । बार्तास्थल गोप्य राखिएको छ ।

वार्ताका लागि पूर्वमन्त्री तथा सांसद सोमप्रसाद पाण्डे नेतृत्वको टोली नेपालगञ्ज पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समस्या समाधान गर्ने गरी वार्ता गर्न पाण्डे नेतृत्वको टोलीलाई नेपालगञ्ज पठाएका हुन् ।

विप्लव समूहबाट वार्तामा सहभागी हुने नेताहरुको नाम भने खुलाइएको छैन । विप्लवसमूहकै अनुरोधमा उनीहरुको नाम गोप्य राखिएको हो । यसअघि आइतबार पनि विप्लवका केही नेताहरुसँग छलफल भएको थियो । छलफल सकारात्मक भएपछि निर्णायक वार्ताका लागि सरकार र विप्लवका नेताहरु जुटेका हुन् । आजको वार्ता निर्णायक हुने सरकारी वार्ता टोलीको दाबी छ । वार्ताका लागि बिहान ९ बजेको समय तय गरिएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv