बाढी पीडितको उद्दारका लागि गएका साँसद आफै बुइ चढे पछी

काठमाडौं,साउन २ । तिलाठीमा सत्तारुढ नेकपाका एक जना नेता एवं राष्ट्रिय सभा सांसद सुमन प्याकुरेलले बुइ चढेर हिलो छलेको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। तर सो तस्बिरका बारेमा उनी नेताले भने फरक प्रतिकृया दिएका छन् । प्याकुरेल सोही जिल्लाका नेता हुन्। तस्विरमा उनले पाइन्ट, जुत्ता र कोट लगाएको देखिन्छ। हातमा जुत्ता समातेका एक व्यक्तिले उनलाई काँधमा बोकेर अघि बढिरहेको तस्बिर छ ।

उनको यो यो दृश्य देखेका नजिकैका सेना तथा प्रहरी हाँसिरहेको पनि तस्बिरलेनै देखाउँछ । बाढीग्रस्त क्षेत्रमा जुत्ता बचाउन नेतालाई काँधमा बोकिएको भन्दै सामाजिक सञ्जालमा उनको निकै आलोचना भएको छ । उनले सो तस्बिर तीन जना मन्त्री तथा पूर्व प्रधानमन्त्रीसहितको टोलीसँगै बाढी पीडितको निरीक्षणमा गएका बेला सप्तरीको तिलाठीको खिचिएको बताए । बुधवार उनीहरु बाढीग्रस्त क्षेत्रको अवलोकनका लागि गएका थिए । उनलाई बोक्ने ब्यक्ति नेताकै चिनेजानेका हुन् ।

उनले अहिले सो तस्बिर सार्वजनिक गरेर आफुलाई अप्ठेरोमा पार्ने काम भएको भन्दै प्रतिकृया दिएका छन् । आफ्नो ब्लडप्रेसरमा समस्या भएका कारण रिंगाटा लागिरहेको उनले बताए । सोही कारण उनलाई चिनेजानेका आफन्तले बोकेको प्रतिकृया दिएका छन् । त्यहाँ बस्ने र आराम गर्ने अवस्था नभएका कारण शुभचिन्तकले गरेको आग्रह नकार्न नसकेको उनको दावी छ । बस्न सक्ने अवस्था त्यहाँ थिएन। चिनजानका भाइले बोक्छु भनेर आफैँले आग्रह गरे। मलाई गाह्रो भइरहेको थियो। मेरो मानवीय अवस्था नबुझी टिका टिप्पणी काम भइरहेको छ। त्यत्रा तीन तीन जना मन्त्रीज्यू हुनुहुन्छ। उहाँहरूले देख्नु भएको छ मेरो अवस्था त्यहाँ के भएको थियो भनेर उनले भने ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv