बुटवलको सिद्दार्थ राजमार्गमा राखिएको ५ वटा बुद्धका मूर्ति तोडफोड

बुटवल,साउन २ । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गमा राखेका बुद्ध मूर्तिहरू तोडफोड भएको छ । अज्ञात समुहले बुद्धका मुर्ति तोडफोड गरेको हो । रुपन्देहीको सिक्सलेन सडकको शंकरनगर चोकदेखि नयामिलसम्म रहेका ५ वटा बुद्धमूर्ति तोडफोड भएको प्रहरीले जनाएको छ ।

शान्तिका प्रतिक बुद्धको मुर्ति कसले र किन तोडफोड गर्यो भन्ने खुलेको छैन ।
तिलोत्तमा नगरपालिकाका मेयरका बासुदेव घिमिरेले मुर्ति तोडफोड गर्नेको खोजी भइरहेको जनाएका छन् । बुधबार साँझसम्म साविक अवस्थामा रहेका मूर्ति बिहान तोडफोड भएको अवस्थामा स्थानियले देखेका थिए ।

प्रहरीले घटनालाई गम्भिर रुपमा लिएर अनुसन्धान थालेको जनाएको छ । अहिले घटनास्थलमा प्रहरी टोली पुगेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले घटनाको अनुसन्धान सुरु गरेको हो । लुम्बिनीको झल्को दिन भन्दै गत आर्थिक वर्षमा तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने राजमार्गमा २२ वटा बुद्ध मुर्ति स्थापना गरेको थियो।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv