दिल्ली राज्यकी पुर्व मुख्यमन्त्री शीला दिक्षितको निधन

नयाँ दिल्ली,साउन ५ । भारतको दिल्ली राज्यकी पुर्व मुख्यमन्त्री शीला दिक्षितको निधन भएको छ । भारतीय समाचार एजेन्सी एएनआईका अनुसार दिक्षितको शनिबार ८१ बर्षको उमेरमा निधन भएको छ ।

भारतीय मिडियाका अनुसार शनिबार बिहान दिल्ली स्थित एस्कोर्ट अस्पतालमा भर्ना गरिएको थियो । बिहान उल्टी हुनासाथ उनलाई अस्पताल भर्ना गरिएको बताइएको छ । उनी भारतीय काँग्रेसको दिल्ली प्रदेशको अध्यक्ष समेत थिइन् ।

दिक्षित १५ बर्षसम्म दिल्ली राज्यको मुख्यमन्त्री बनेकी थिइन् । सन् १९९८ देखि २०१३ सम्म काँग्रेसलाई तीन चुनावमा जित दिलाउदै तीन कार्यकाल मुख्यमन्त्री बनेकी थिइन् । दिक्षित केहि महिना भारतको केरला राज्यको गभर्नर समेत बनेकी थिइन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv