शिल्पा पोखरेललाई जेल ! छबी ओझाकी पहिलो श्रीमती हेमाले दिइन् ‘बहुविवाह’को उजुरी (उजुरी सहित)

काठमाण्डौं,साउन ६ । फिल्म मेकर छविराज ओझा र उनकी कान्छी पत्नी शिल्पा पोखरेलविरुद्ध बहुविवाहको उजुरी प्रहरीमा परेको छ । फिल्मी निर्माता ओझाकी जेठी पत्नी हेमा ओझाले आइतबार महानगरीय प्रहरी वृत्त गौशालामा बहुविवाहको उजुरी दिएकी हुन् । ५३ वर्षीया हेमाले निवेदनमा दुबैलाई कारबाहीको माग गरेकी छिन् । हेमा छबीको पहिलो पत्नी हुन् भने शिल्पा चौथो पत्नी हुन् । बिचमा तीन जना पत्नी विवाह गर्दा सम्म चुपचाप लागेकी हेमा अहिले शिल्पाका विरुद्ध उजुरी दिनुलाई अनौठो मानिएको छ ।

हेमाले प्रहरीमा दिएको बहुविवाहको निवेदनसँग शिल्पा र छविको घरझगडाले नयाँ मोड लिएको छ । अब प्रहरीले छवि र शिल्पालाई पक्राउ गरेर हिरासतमा राख्छ वा राख्दैन हेर्न बाँकी छ । यो समाचार तयार पर्दासम्म प्रहरीले छवि र शिल्पालाई पक्राउ गरेको छैन ।

गौशला वृत्तका डिएसपी प्रदीपकुमार सिंहले छविराज ओझा र शिल्पा पोखरेलविरुद्ध बहुविवाहको उजुरी परेको जानकारी दिएका छन् । उनले उजुरी परेपछि छानबिनको काम भइरहेको उल्लेख गर्दै दर्ता भने नभएको बताए । फिल्म निर्माता छवि ओझा र नायिका पोखरेलबीच केही समयदेखि विवाद हुँदै आएको छ ।
शिल्पाले प्रहरी परिसर टेकुमा घरेलु हिंसा गरेको भन्दै ओझाविरुद्ध उजुरी दिएपछि उनीहरूको विवाद चुलिँदै आएको थियो । शिल्पाले डिभोर्सको मुद्दा दर्ता गरिसकेकी छन् । शिल्पाले अब छविसँग छुट्टिने निर्णय सुनाइ सकेकी छिन् । फिल्ममा नायिका बन्ने रहर बोकेर छविसँग गुपचुप विवाह गरेर लुकाइ राखेकी शिल्पाले हालै मात्रै विवाह दर्ता गरेर छविविरुद्ध टेकु प्रहरीमा उजुरी दिएकी थिइन् ।
हेमाले दिएको जाहेरीमा लेखिएको छ, ‘शिल्पा पोखरेल भन्ने व्यक्तिसँग मेरो श्रीमान् छविराज ओझाको सम्बन्ध रहेको भन्ने हल्लाहरु आइरहँदा मैले श्रीमान् ओझासँग सोध्दा के छ तिमीसँग हामीले विवाह गरेको प्रमाण भनेर प्रतिप्रश्न गर्दा मैले प्रमाण पनि भेटिनँ ।

बिहे दर्ता कहीँ कतै भएको रहेनछ ।’ छवि र शिल्पाको विवाह दर्ताको फोटोकपी भेटेपछि आफूसँग सम्बन्ध कायम रहँदा रहँदै बहुविवाह गरेकोले पति छविराज र शिल्पालाई प्रचलित कानुन बमोजीम कारवाही गर्न उनले माग गरेकी छन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv