नेताहरुलाई भेट्न अचानक भारतीय रअ प्रमुख नेपालमा

काठमाण्डौं,साउन ६ । भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख समान्तकुमार गोयल आइतबार नेपाल आउनुभएको छ । गोयलसहित पाँच जनाको टोली आइतबार दिउँसो काठमाडौं आएको हो ।

गोयल नेतृत्वको टोली पाँचदिने भ्रमणका लागि नेपाल आएको सुरक्षा निकायको उच्चस्रोतले जनाएको छ । ‘तत्कालका लागि पाँच दिन नेपाल बस्ने सूचना प्राप्त भएको छ’, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले नेपाल समाचारपत्रसँग भन्यो– ‘उहाँहरुको नेपाल बसाइ अझ लम्बिन सक्ने बुझेका छौं ।’ रअ प्रमुख गोयलसहितको टोली बौद्धस्थित हायात होटलमा बसेको छ ।

सो होटलको कोठा नं ३ सय २४ नम्बर गोयलका लागि बुकिङ भएको बताइएको छ । गत महिना रअ प्रमुख नियुक्त भएपछि गोयलको यो पहिलो नेपाल भ्रमण हो । उहाँ यसअघि पनि रअका विशेष सचिवका रुपमा कार्यरत हुनुहुन्थ्यो । भ्रमण टोलीमा रअको राजनीतिक ब्युरो नियाल्ने पदाधिकारीसमेत संलग्न भएको बताइएको छ ।

रअ टोलीले सत्तारूढ दलका नेता र प्रतिपक्षी नेपाली कांग्रेससहित नेतासँग पनि भेटघाट गर्ने स्रोतले जनाएको छ । नेपालका नेतासँग रअ अधिकारीहरुले होटलमै भेटवार्ता गर्ने वातावरण मिलाइएको सुरक्षा निकायले जनाएको छ । ‘अहिले साँझसम्म कोही नेता भेटघाटमा आइपुगेका छैनन्, भेटघाट भरे राति हुन सक्छ’ –सुरक्षा निकायको उच्च स्रोतले आइतबार साँझ नेपाल समाचारपत्रसँग बतायो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv