संचारकर्मी गीता अधिकारीको “तिजैमा बर्त बसी” बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं,साउन ६ । संचारकर्मी गीता अधिकारीको शब्द,मोडेल तथा गायिका सारिका घिमिरेको स्वरमा तिजैमा बर्त बसी बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सोमबार काठमाण्डौंको पुरानो बानेश्वर स्थित मनसुन क्याफेमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

गीताकी आमा यमकुमारी अधिकारीको प्रमुख आतिथ्यता र नेपाली पहिलो रङ्गीन चलचित्र आमाकी अभिनेत्री चैत्यदेवी, किर्तिमानी गीतकार डा. डीआर उपाध्याय, बरिष्ठ कलाकार लय संग्रौला, उत्तम केसी, गीताकार तथा सञ्चारकर्मी शान्तिपृय, गायक सिताराम पोखरेल, सङ्गीतकार राजु सिंह, गीतकार संघका महासचिव वसन्त वित्यासी थापालगातको आतिथ्यतामा सार्वजनिक गरिएको थियो ।

म्युजिक भिडियोमा मोडेल गायिका सारिका घिमिरे,नायिका पुजना प्रधान, र गीता अधिकारी स्वयमले अभिनय गरेकी छिन् । भिडियोलाई योगेश काजीले संगीत भरेका हुन ।

नारायण रिजाल निर्देशन,सिनेमाटोग्राफर,एडिटर बिरेन्द्र भाट रहेका छन भने भिडियोलाई मिलापले निर्माण गरेको हो । भिडियोलाई ओएसआर डिजिटल युट्युब च्यानल मार्फत हेर्न सकिन्छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv