अबिरल बर्षाका कारण गुल्मीमा पहिरो गयो, ६ जनाको मृत्यु, केहि घाइते

गुल्मी,साउन ७ । सोमबारदेखि परेको अबिरल बर्षाका कारण गुल्मीमा ६ जनको मृत्यु भएको छ। राति घरमा भल पसी स्थानीय तिल बहादुर त्रामुकी ३० बर्षीय तिलकुमारी त्रामू , उनका छोरा बर्ष १० का दर्शन त्रामुको मृत्यु भएको छ । यस्तै उनकी १२ बर्षीया छोरी करिष्मा र १४ बर्षकी छोरी धनी त्रामु घाइते भएको स्थानीयले बताएका छन्। पानी परीराखेकाले उपचारमा लैजानका लागि समस्या परेको छ।

यस्तै सत्यावती गाउँपालिका वडा नं ४ लिम्घामा ४ घर बगाउदा चार जनाको शब फेला परेको छ । शबको पहिचान हुन सकेको छैन। चार घरमा कति जना थिए र अन्यको अबस्थाको बारेमा खुलेको छैन । उद्धारका लागी स्थानीयको टोली लागेको र प्रहरीको टोली पनि पुग्न लागेको छ । यस्तै सत्यावती गाउँपालिका वडा नं ३ मा रुद्ध बहादुर बिकको घर पहिरोले बगाएको छ। राति घर बगाउदा रुद्धबहादुर बिक र उनकी आमा घरमा भएको आशंका गरिएको छ। उनीहरु बेपता रहेको स्थानीयहरुले बताएको खोजी कार्य जारी रहेको बताईएको छ।

अबिरल बर्षा भईरहेका कारण प्रहरीको टोली त्य तर्फ पुग्न सकेको छैन बाटोमा पहिरो गएका कारण पनि घटनास्थलमा जान समय लागेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । घटना स्थलमा जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन घलेको नेत्तृवमा प्रहरीको टोली त्यस तर्फ गएको र यर्थार्थ बिबरण त्यस पश्चात आउन सक्ने जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ। यता गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुसार उद्धारका लागि प्रहरीको टोली संगै स्थानीय लागेको र उपचारका लागि स्वास्थ्यको टोली पुगेको जानकारी दिए।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv