लमजुङको दोर्दीखोलाको बाढीमा चारको शव फेला, ११ जना अझै बेपत्ता

लमजुङ,साउन ८ । लमजुङको दोर्दीखोलामा आएको बाढीका कारण मृत्यु हुनेको संख्या चार पुगेको छ । अरु ११ जना अझै हराइरहेका छन् । बाढीमा परी लिवर्टी ईनर्जी पावर कम्पनीद्धारा प्रबद्र्धित २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’जलविद्युत आयोजनामा कार्यरत ३ सय कामदारमध्ये ११ जना सम्पर्कमा नै आएका छैनन् । भारी वर्षासँगै दोर्दीखोलामा आएकाले बाढीले बगाएका चार जनाको शव भेटिएको हो ।

आज दिउँसो दोर्दी गाउँपालिका– ६ ढोडेनीमाथि लेकबाट अचानक बाढी आउँदा दोर्दीखोलाले बगाएको चार जनाको शव दोर्दी गाउँपालिकाका विभिन्न स्थानमा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए । प्रहरीका अनुसार शव भेटिए पनि पहिचान हुन सकेको छैन । आधा दर्जनभन्दा बढी घाइते अवस्थामा उद्धार गरिएको प्रहरी नायब उपरीक्षक गुरुङले बताउनुभयो । उक्त क्षेत्र आसपासका स्थानीय र दोर्दी करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजनामा कार्यरत कामदार बाढी आउँदा भागेका थिए ।

दोर्दीखोलामा निर्माणधीन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनामा क्षति पुगेको र काम गर्ने ठाउँमा बाढी छिर्दा धनजनको क्षति भएको आयोजनाका सञ्चालक राजेन्द्र वस्तीले बताए । उनका अनुसार केही कामदार पुरिएको आशङ्का गरिएको छ । नौथर शेराका स्थानीय लक्ष्मण गुरुङले घाइतेलाई स्थानीयले उपचारका लागि विभिन्न अस्पतालमा पठाएको बताए । घटनास्थलतर्फ प्रहरी जाँदै गरेको र के कति धनजनको क्षति भएको भन्ने सबै जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv