“म चुम्न चाहन्छु” कबिता – दिपक छेत्री

१)
म चुम्न चाहन्छु 
तिम्रो निदको 
त्यो सुंदर हिस्सा !

सक्छौ भने 
भेट्नु ल!

बिउझनु भन्दा ठिक पहिला !

२)
म गर्न चाहन्छु 
तिम्रो प्रतिक्षा !

जसरी बच्चाहरू गर्छन !

छुट्टी को !

३)
म हसाउन चाहन्छु 
ती सबै उदास शब्दहरुलाइ !

जुन हास्दा
लाग्छन !

तिमी जस्तै !

४)
म राख्न चाहन्छु 
सम्हालेर 
ती चुम्बनहरुलाइ !

जुन पुतलीले दिएका थिए 
फूलहरुको अधरमा

हामी दुबैको सामुन्ने ! कबिता – दिपक छेत्री



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv