पृथ्वी राजमार्गमा बस र ट्रक ठोक्कियो, १५ जना घाइते

नारायणगढ,साउन १० । चितवनको इच्छाकामना ४ लेवाटारमा यात्रुवाहक बस र ट्रक ठोक्किदा कम्तीमा १५ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । वीरगञ्जबाट धादिङ जाँदै गरेको ना८ख ६०५८ नम्बको यात्रुबाहक बस र काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना६ख २८९५ नम्बरको मालबाहक ट्रक आज विहान एकआपसमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

दुर्घटनापछि केही समय सवारी आवागमन प्रभावित भएको थियो । दुर्घटनापछि अवरुद्ध भएको सडक बिहान १० बजेदेखि एकतर्फी सञ्चालनमा आएको छ । ट्रक चालक फरार रहेको र दुर्घटनामा परेका ट्रक र बसलाई सडकबाट हटाई दुईतर्फी सवारी सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv