ठकुरी सहयोग संजालको सदभावना दुत बनिन सुजल बम (फोटो/भिडियो )

काठमाण्डौं,साउन १० । सुन्न बोल्न नसक्ने कलाकार तथा एभरेष्ट वर्ड रेकर्डमा नाम लेखाउन सफल सुजल बमलाई ठकुरी सहयोग संजालको ठकुरी शैक्षिक सहयोग परियोजना (कलम) को सदभावना दुत घोषणा गरिएको छ।

शुक्रबार काठमाण्डौको केन्द्रिय बहिरा माद्यामिक बिद्यालय नक्सालमा एक कार्यक्रमको आयोजना गरी बमलाई सम्मान गर्दै संजालले सो घोषणा गरेको हो । संजालका केन्द्रिय का.बा. अध्यक्ष अजय मल्ल ठकुरीले सुजल बम जस्ता प्रतिभावानलाई आफ्नो संस्थाको शैक्षिक सदभावना दुत घोषणा गर्न पाउँदा खुशी लागेको ब्यक्त गरे ।
उक्त कार्यक्रममा सो बिद्यालयका छात्र–छात्राहरुलाई शैक्षिक समाग्री वितरण गरिएको थियो ।
कार्यक्रममा बिद्यालयका शिक्षक, विद्यार्थी, तथा संजालका केन्द्रिय उपाध्यक्ष अभिषेक बिक्रम शाह सल्लाहकार किरण शाह, परिवेश मल्ल, रिद्धी शाही,कृष्ण राज्य लक्ष्मी शाहीको उपस्थिती रहेको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv