जागिर खान लिखित परीक्षा पास भएर के गर्नुहुन्छ ? : शेर बहादुर देउवा
काठमाण्डौं,साउन १२ । अहिले लोकसेवाको विज्ञापन समावेशी नभएको भन्ने चर्चा भइरहेको वेला अर्को विवाद खडा भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले जागिरका लागि क्षमता भएको मान्छे भन्दा भनसुनका अनधारमा गएको मान्छेलाई सहज हुने बताउनु भएको छ । उहाँले मुलुकमा ‘भनसुन उद्योग’ सुरू भएको बताउनु भएको हो ।
हिजो काठमाडौंमा आयोजित नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेको ‘मान्छेका कथाहरू’ कथा संग्रह लोर्कापण कार्यक्रमा सभापति देउवाले नेपालमा सबै भन्दा ठूलो उद्योगको रूपमा भनसुन उद्योग फस्टाउँदै गएको उल्लेख गर्नुभएको हो । लोक सेवा आयोगको परीक्षामा समेत भनसुन चल्ने गरेको दाबी गरेर लोकसेवाको निष्पक्षतामाथि नै प्रश्न गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘नेपालमा भनसुन उद्योग सुरू भइसक्यो । सबभन्दा ठूलो उद्योग भनेको भनसुन उद्योग हो । जसको भनसुन हुन्छ उसको चल्छ । लोक सेवा आयोगको लिखित परीक्षा पास भएर के गर्नुहुन्छ ? भनसुन गर्ने मान्छे छैन भने फेल गर्दिन्छन् ।’
एक फरक प्रशंगमा निर्मला पन्तको ह त्यारा अहिलेसम्म पत्ता लाग्न नसकेको, दण्डहीनता र हिंसाका घटनाहरू बढ्दै गएको, भ्रष्टाचारलगायत सुशासन कायम हुन नसकेकाले मुलुकमा असल राजनीतिज्ञको आवश्यकता रहेको बताउनुभयो ।