प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुर जाने
काठमाण्डौं,साउन १३ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि आउँदो साउन १८ गते सिंगापुर जाने भएका छन् । पार्टी सचिवालयको बैठकमा प्रधानमन्त्री ओलीको सिंगापुर र अर्का अध्यक्ष पुष्पकमल दाहालको मंगलबार दुबइ जाने कार्यतालिका सुनाइएको थियो ।
प्रधानमन्त्रीको स्वास्थ्यमा ‘केही समस्या’ भएपछि गत शुक्रबार आर्मी अस्पताल छाउनीमा स्वास्थ्य परीक्षण गरिएको थियो। आजको कान्तिपुर मा खबर छ ।