नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिना निष्कर्ष टुङ्गियो
काठमाण्डौं,साउन १३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । बैठक बिनानिष्कर्ष टुङ्गिएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा स्कुल विभाग र केन्द्रीय कमिटीहरुको जिम्मेवारी बाँडफाडको विषयमा प्रर्याप्त छलफल नभएपछि बैठक टुङ्ग्याइएको हो ।
अर्को बैठक साउन २८ गते दिउँसो ३ बजेको लागि बोलाइएको छ । यति लामो समयसम्म बैठक स्थगित भएपछि नेकपा भित्र निक्कै टकरावको अवस्था आयो भन्ने आँकलन गर्न सकिन्छ ।