ईन्टरनेटको गुणस्तरमा कुनै किसिमको सम्झौता गर्दिन’: पुरुषोत्तम खनाल, प्राधिकरण प्रमुख

साउन १४,काठमाडौँ । नेपाल दुरसञ्चार प्राधिकरणका नवनियुक्त प्रमुख पुरुषोत्तम खनालले विशेषगरी युवाहरुलाई ईन्टरनेटको मुल्यबारे प्रष्ट पार्ने काममा लाग्ने बताएका छन । राष्ट्रिय युवा संघ नेपाल तथा पिन (इन्जिनियरिङ संस्था)द्वारा खनाललाई बधाई भेटमा बोल्दै उनले नेपालको ईन्टरनेटको गुणस्तरमा कुनै किसिमको सम्झौता नगरी अघि बढ्ने बताए ।

खनालले इन्टरनेट प्रदायक संस्थाहरुले उपभोक्तालाई इन्टरनेटमा गुणस्तरियता कायम गर्न नसके क्षतीपूर्ति दिने व्यवस्था गरी व्यवस्थित तथा प्रभावकारी ढंगबाट प्रधानमन्त्रीको डिजिटल नेपालको अभियानलाई सार्थकता दिने बताए । उनले आफ्नो जिवनको लामो समय दुर सञ्चारकै क्षेत्रमा प्रयोग भएकोले आगामी दिनमा दुरसञ्चारको विकास दु्रत गतिले अघि बढ्ने बताए ।


उनले इन्टरनेटको मूल्यमा एकरुपता ल्याउँदै इन्टरनेटको गुणस्तरलाई कायम गराउने बताए । उनले दुरदराजको बस्तीमा ईन्टरनेटको पहिलो व्यवस्था गर्नुपर्नेमा जोड दिँदै नेपाल यतिबेला ईन्टरनेटको पहुँच कसरी सबै जनतामा पुर्याउने भन्नेमा प्राधिकरण लागेको बताउदै पहिला सेवा संगै गुणस्तर विकासमा जोड दिईने बताए । सेवा प्रदायक संस्थाले नाफालाई मात्र ध्यान दिने प्रवृक्तिको अन्त्य गराउँदै सेवा तथा गुणस्तरियता कायम गर्दै व्यवसायीक बनाउने प्रतिवद्धता व्यक्त गरे ।

उनले अप्टिकल फाइवरको लाइसेन्स लिएर होल्ड भएकालाई खारेज गर्ने समेत घोषणा गरे । विगतका गल्ती तथा कमजोरीलाई सच्याएर आगामी दिनमा नयाँ ढंगले अघि बढ्ने बताउँदै उनले प्राधिकरण प्रविधि विकासमा सरकारको सहयात्री भएर अघि बढ्ने बताए ।

इन्टरनेटमा राष्ट्रिय स्वभिमान, सार्वभौम तथा सुरक्षा, मूलुकी अपराध संहिताको लागि संविधान तथा कानुन अनुसार कडाईका साथ अनुगमन तथा प्रभावकारी कार्यान्वयन गर्ने बताउँदै उनले सुखी नेपाली समृद्ध नेपालको अभियानको सारथी बन्ने बताए । अवैध तथा अस्लील रुपमा सञ्चालन हुने साईडलाई नियन्त्रण गर्ने बताउँदै उनले नेपालमा नै प्रविधिको विकास गरि प्रविधि खरिदको नाममा विदेश जाने ठूलो रकमलाई नियन्त्रण गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा नेकपा निकट ईन्जिनियरहरुको संगठन पिनका प्रचार प्रमुख ई. कृष्ण प्रसाद सापकोटा, युवा संघका नेता तथा ई. सन्जिव रोकाहा, युवा संघका नेता विष्णुहरी त्रिपाठीलगायतका उपस्थिती रहेको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv