के तपाई बिहे गर्दै हुनुहुन्छ ? होस् गर्नुहोस् गाउँपालिकाले लगायो यस्तो नियम

काठमाण्डौं, साउन १४ । विभिन्न सामाजिक व्यवहारमा विकृति आइरहेको अवस्थामा मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले सामाजिक व्यवहार ऐन, २०७५ गाउँसभाबाट पास गरी लागू गरेको छ। गाउँपालिकाले जारी गरेको ऐनमा विवाह गर्दा दाइजो लिनदिन नहुने, विवाहमा सहभागी हुँदा केटी वा केटा पक्षबाट आमन्त्रण गरिएको छरछिमेक र इष्टमित्रले एक हजार रुपैयाँभन्दा बढीको जिन्सी उपहार वा नगद लिनदिन नहुने उल्लेख छ ।

यस्तै जन्दी जाँदा बाजागाजासहित ५१ जनाभन्दा बढी जन्ती लैजान नहुने, केटा वा केटी पक्षले विवाह भोजमा नजिकका नातेदारबाहेक ५१ जनाभन्दा बढीलाई आमन्त्रण गर्न नपाइने ऐनमा उल्लेख छ। यो समाचार नेपाल समाचारपत्र दैनिकबाट लिइएको हो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv