चितवनमा २३ वर्षकी ‘सुन्दरी’ले खोलिन् यस्तो रेष्टुरेन्ट, ग्राहककाे भीड

काठमाण्डौ,साउन १८ । रोजगारी अभावमा लाखौं युवा विदेश पलायन भइरहेका बेला रञ्जता शर्मा भने देशभित्रै केही गर्नुपर्छ भनेर लागेकी छन् । त्यही सोचका कारण २३ वर्षकी यी युवतीले हालै चितवनको भरतपुरस्थित सप्तगण्डकी चोक नजिकै क्याफे खोलेकी छन् । बीबीए सकेर मास्टर्स पढ्ने योजनामा रहेकी रञ्जता विदेश जानुको सट्टा यहीं केही गर्न सकिन्छ भन्ने मान्छिन् ।

उनले खोलेको बेल्ना फास्टफूड जोनमा विस्तारै आकर्षण बढ्न थालेको उनी बताउँछिन् । ‘हामीले ग्राहकको सन्तुष्टिका लागि केही नयाँ परिकार पनि भित्र्याएका छौं साथै हामी स्वाद र मूल्यमा पनि सचेत छौं’, उनले भनिन् । उनको क्याफेमा दरबारे लस्सी (दही लस्सी), कट्टी रोल, लाफिङ्ग, बेल्ना परौठा, मःम, छोले भटुरे, ससेज प्रमुख आकर्षणका रुपमा रहेका छन् ।

‘धेरै ग्राहकले हामीले चितवनमै पहिलो पटक भित्र्याएको दरबारे लस्सी मन पराउनु भएको छ , त्यस्तै हाम्रो कट्टी रोलको पारखी पनि विस्तारै बढ्दै हुनुहुन्छ’, उनले सुनाइन् । झण्डै १२ लाखको लगानीमा उनले खोलेको क्याफेमा ७ जनाले रोजगारी पाएका छन् । उनै आफैं पनि क्याफेको काममा खटिन्छिन् । आम्दानीबारे सोध्दा उनले भनिन्, ‘स्टाफ लगायत पूरै सञ्चालन खर्च धानिएको छ, केही रकम बचत पनि गरिरहेको छु ।’



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv