काठमान्डौंमा भारतबाट भित्रिए ब्यावसायीका भेषमा चोर
काठमाण्डौं, साउन २१ । काठमाडौँ । सस्तोमा सुट बेच्ने भन्दै कोहि तपाईंको घर छिरेको छ, वा भाडाकुँडा अर्थात कुकर बनाउनु छ भन्दै कोहि तपाईंको घर आइरहेका छन् भने सावधान ! अहिले सोही बहानामा काठमाडौंमा चारी गर्नेहरु बढेका छन् । भारतवाट आएका गिरोह नै सकृय रहेको प्रहरी अनुसन्धानवाट खुलेको छ । किनकि यस्तो बहानामा घर डकैती गर्ने प्रोफेसनल चोरहरु नेपाल भित्रिएको खबर छ । उपत्यकामा अधिकाशं घरमा डेरा गर्नेहरु दसैंको समयमा पर्व मान्न घर जाने तथ्य थाहा पाएर दशैं र तिहारको मौका छोपी यस्ता चो*रहरु नेपाल भित्रिने गरेका छन् ।
महानगरिय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले आफ्नो घरलाइ सुरक्षित राख्न सुझाव दिएका छन् । ‘चाडपर्वको समयमा चोरीको सम्भावना बढी रहन्छ । तर प्रहरी टोलटोलमा सक्रिय भएको छ । यस्तोमा घरभेटीदेखि कोठा छाडेर घर जानेहरुले सतकर्ता अपनाउनु आवश्यक हुन्छ । कतिपय चोरहरुलाई त हामीले रंगेहात नै समातेका छौं । रातको समयभन्दा दिउँसो नै चोरी बढी भएका छन् । सिभिल प्रहरीको सक्रियताले चो*रहरुमाथी हावी भएका छौं’’ उनले भने ।‘
एसएसपी लामाका अनुसार भारतको बिहारबाट पनि चोरहरु दसैंको समयमा काठमाडौं छिर्ने गरेका छन् । काठमाडौं प्रहरीले २ युवतीसहित १२ जना भारतीयलाई पक्राउ गरेको छ । लामाले भने,‘‘उनीहरु सबै प्रोफेसन चोर हुन् । चाडपर्वको बेला आउने चोर्ने र भारत फर्किने उनीहरुको योजना हुन्छ ।’
उनका अनुसार नेपाली चोरको तुलनामा भारतीय चोरको लुटपाटको शैली भने फरक हुन्छ । उनीहरु संगठित रुपमा चोरीमा सक्रिय हुन्छन् । प्रत्येकको छुट्टाछुट्टै भूमिका हुन्छ । कतिपय चो*रले कपडा बेच्ने बहानामा घर हेर्छन् भने कतिपयले कुकर बनाउने नाममा । अनुकुल परे वा घरमा कोही नभएको पाइए उनीहरुले त्यतीबेलै पनि चोरी गर्ने सम्भावना रहन्छ । उनका अनुसार फोहर उठाउने, जोगीको भेसमा भारतीय चोरहरु सक्रिय हुने गरेका छन्।
‘‘भारतीय चोरहरुले होटलमा कोठा लिएर बसेको पाइयो । उनीहरु हेर्दा चोरजस्तो लाग्दैनन् तर चलाख हुन्छ । कसैमाथी शंका लागे तत्काल प्रहरीलाई सम्र्पक गर्नुहोला,’’ एसएसपी लामाले भने । लामाका अनुसार १ सय ५० भन्दा बढी सिभिल पोशाकमा प्रहरी परिचालन गरिएको छ। काठमाडौंमा २५० देखि ३ सय पकेटमाररचोर रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।