सिन्धुपाल्चोकमा बाँदरहरुले कराउदै पोखरीमा हामफालेर गरे प्रांणत्याग

काठमान्डौं,साउन २३ । नेपालमा एउटा अचम्मको घटना सार्वजनिक भएको छ जुन सुन्दै सबैलाई चकित तुल्याउने खालको छ । सिन्धुपाल्चोकको महाकाल नजिकै एउटा पोखरीमा बाँदरले सामुहिक प्राण*त्याग गरेका छन् । अर्चले गाउँका समाजसेवी क्षेत्र ब. दुलालको भनाई अनुसार उहाँ एकाबिहानै माहाँकाल नजिकै धानखेतमा पानी लगाउन गएको बेलामा एक्कासी बाँदरहरु कराएको आवाज आयो। अनि त्यहाँ पुगेर हेर्दा त बाँदरहरुको बथानमा लगातार २५ वटाले हामफालिसकेका थिए र अरु हाम्फाल्ने कोसिस गरिरहेका थिए।

नजिकैका खेतमा काम गर्ने कुस्माखर दुलाल लगायत सबै मानिसहरुलाई बोलाई हुल बथानलाई लखेटे। पोखरीमा पसेका २५ वटा मध्ये ९ वटाको उद्दार गरे। १६ वटा मरिसकेका रहेछन्। घटना भएको ठाँउमा पुगेर हेर्दा पोखरी सिमेन्टको प्लास्टर भएको र पोखरीमा आधा पोखरी मात्र पानी रहेको र मरेका बाँदर देखिन्छन्।

स्थानीयका अनुसार त्यहाँ पहिले देखिनै एउटा बाँदर आएर पोखरीको छेउमा बस्ने गर्थ्यो अनि पोखरीको पानी तिर हेरेर टोलाईरहने गर्थ्यो । उक्त बाँदर पोखरीको छेउमा आएर टोलाईरहने घोरिने बाँदरले हाम फालेपछि अरुले पनि हाम फालेको हुनसक्ने गाउँलेको भनाइ छ। गाउलेले यस्तो घटना आखै अगाडी देखेपछि दुखि हुदै यस्तो घटना पहिले कहिल्यै नदेखेको बताएका थिए । तस्बिर कान्तिपुर



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv