दुई तिहाईको सरकारलाई आदिवासी नेताको चुनौती (फोटो / भिडियो)
काठमाण्डौं,साउन २४ । संयुक्त राष्ट्र संघको घोषणाअनुसार हरेक वर्ष ९ अगस्टमा विश्व आदिवासी दिवस मनाउने गरिएको छ सोही अनुसार आज नेपालमा पनि विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइयो । २५ औं विश्व आदिवासी दिवसको नारा छ ‘आदिवासीका भाषाहरू’ ।
नेपाल आदिवासी जनजाति महासंघले यो वर्ष आन्दोलनका रुपमा दिवस मनाउने घोषणा गरेको छ । शुक्रबार आदिवासी जनजाति समुदायले भृकुटीमण्डपबाट सुरु गरेको र्याली त्रिपुरेश्वर, थापाथली हुँदै माइतीघर मण्डलामा आई सभामा परिणत भएको थियो । हेर्नुहोस् भिडियो :-


