“हाम्रो लभ बच्चै देखि परेको हो” -हाँस्यकलाकार बल्छी धुर्बे

काठमान्डौं,१२ जेठ । चर्चित हाँस्यकलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) हालै विवाह बन्धनमा बानिएका छन् । विगत लामो समयदेखि हाँस्य टेलिसिरियल (मेरी बास्सै) मा काम गर्दै आएका मरिचमान श्रेष्ठ अहिले पनि सोहि टेलिसिरियलमा व्यस्त छन् ।

बल्छिले लमजुङ भोटेओडारकी करुणा खड्कासँग प्रेम बिवाह गरेका हुन् । विगत ६ बर्ष देखिको लामो प्रेमलाई बिवाहमा बदलेका हुन् ।शुक्रबार काठमाण्डौको म्हेपि मन्दिरमा परम्परा अनुसार बिवाह गरेका हुन् ।

बल्छिले आजभन्दा ६ बर्ष अघि सिताराम कट्टेलसँग लमजुङको एक कार्यक्रममा जाँदा करुणासँग चिनजान भएको बताए । ‘कार्यक्रमको सिलसिलामा धुर्मुस दाईसँग लमजुङ जाँदा करुणसँग परिचय भयो, पछि कुराकानी हुँदै जाँदा मायाप्रेममा परियो’, बल्छिले भने । करुणाले मनमिल्ने मान्छे पाएकोमा निकै खुसी भएको बताउँछिन् ।

फेवाटाम्सका लागि नवराज भण्डारीसँगको रमाइलो कुराकानीमा मरिचमान श्रेष्ठ भन्छन् “हाम्रो लभ बच्चै देखि परेको हो”



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv