नेपाल प्रहरीको यो अब्बल अप्रेसन, ब्यापारीको ह*त्या गर्न भारतबाट नेपाल छिरेका यी सार्पसु*टरलाइ घटना नघट्दै नियन्त्रणमा लियो

बिराटनगर,साउन २५ । भारतीय सिमानामा रहेका नेपाली ब्यापारीहरुलाई ज्यानको खतरा देखिएको छ । नेपालमा राम्रो ब्यवसाय गरेका नेपाली ब्यवसायीहरुलाई हत्या गर्न भारतवाट सार्पसुटर बोलाइएको रहस्य खुलेको छ । विराटनगरका खाद्यान्न व्यापारी जितु भनिने जितेन्द्र रायको ह* त्या गर्न भारतबाट सार्पसुटर झिकाइएको रहस्य खुलेको हो । नेपाल प्रहरीले ह त्याराको अपराधिक योजना पहिले नै विफल पारेको छ । भारतवाट बोलाइएका सार्पसुटरलाई घटना हुनु अगाडी नै प्रहरीले पक्राउ गरेर योजना विफल पारेको छ । प्रहरीले नेपाली ब्यवसायीको हत्या योजना सहित आएका भारतीय सार्पसुटर कुनालकुमार सिंहसहित पाँच जनालाई पक्राउ गरेको हो ।

उनीहरुविरुद्ध शुक्रबार जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरिएको छ । प्रहरीले अनुसन्धान सकेर मिसिल बुझाएपछि सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार पार्दै मुद्दा दर्ता गरेको हो।भारत सितामढी थान बैरगानिया ग्राम पञ्चायतका २२ वर्षीय सिंहसहित अन्य चारविरुद्ध संगठित रूपमा हातहतियार खरखजनासहित आपराधिक षडयन्त्र उद्योग’ मा मुद्दा दर्ता गरिएको हो । अन्यमा विराटनगर महानगरपालिका– ८ का ३१ वर्षीय मन्नुकुमार गुप्ता, सर्लाही गोडैता नगरपालिकाका ५० वर्षीय हरिनारायण झा, मोरङको कटहरी गाउँपालिका–५ का ४३ वर्षीय मन्नुकुमार साह रौनियार र महोत्तरी जलेश्वर नगरपालिका–४ का २५ वर्षीय टिंकुकुमार झा रहेका छन्।

मुद्दा दर्ता गरिएकामध्ये मुन्नुकुमार साह रौनियार र टिंकुकुमार झा फरार छन् । उनीहरुलाई फरार प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ । अरु तीन जना यस अघि नै पक्राउ परिसकेका छन्। मुद्दा दर्ता भएपछि शुक्रबारनै प्रतिवादीहरूमध्ये सिंहको बयान लिन सुरु गरिएको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv