प्रधानमन्त्री ओलीद्वारा बकर इदको शुभकामना

काठमाण्डौं,साउन २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम समुदायको महत्वपूर्ण चाड इद–उल–अज्हा बकरइद का अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

आज एक शुभकामना सन्देश जारी गरी उहाँले आजको दिन सकभर खुला स्थान इद गाहामा सो नभए मस्जिदमा इद–उल–अज्हा (बकर इद)को नमाज पढेर एकापसमा खुशी साटासाट तथा शुभकामना आदानप्रदान गर्ने दिन भएको उल्लेख गर्दै मुस्लिम समुदायमा शुभकामना व्यक्त गर्नुभएको हो ।

‘यस अवसरमा हरेक वर्ष लाखौँ इस्लाम धर्मावलम्बीहरुले हज गर्ने गर्दछन्, यो वर्ष हज गर्न साउदी अरबको मक्का–मदिनामा गएका पन्ध्र सय नेपाली हाजीहरुलाई समेत हज मुबारक भन्न चाहन्छु’, प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ ।

बकर इदका अवसरमा बिहान सबेरै नमाज पढेपछि आ–आफ्नो घरमा दिइएको कुर्वानीको तीन हिस्सा मासुमध्ये एक हिस्सा घरमा, अर्को एक हिस्सा गरीबलाई र बाँकी एक हिस्सा इस्टमित्रहरुलाई प्रदान गर्ने गरिन्छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv