प्रहरी भन्छ ‘पुडाशैनीले भिडियोमा नाम लिएकाहरुलाई प’क्राउ गरेर अनुसन्धान गर्छौं’
काठमाडौं, साउन २९ । पत्रकार शालिकराम पुडासैनीले आ८त्मह८त्या गर्नुअघि रेकर्ड गरेको भिडियो सार्वजनिक भए पछि पीडित परिवारका सदस्यले किटानी जाहेरी दिए भिडियोमा उल्लेख भएका ब्यक्तिलाई प८क्राउ गर्ने प्रहरीले जनाएको छ । पुडाशैनीले आ८त्मह८त्या गर्नुअघि रेकर्ड गरिएको भिडियोमा न्युज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालक रवि लामिछाने , दीपक बोहोरा लगायतका ब्यक्तिले आफुलाई म८र्न बाध्य पारेको बताएका छन् । उनले भिडियोमा लिएका नामका बारेमा पुडाशैनीको परिवारले किटानी जाहेरी दिए प८क्राउ गर्ने चितवन प्रहरीले जनाएको छ ।
पुडाशैनीले रवि संगै युवराज कँडेल र अस्मिता कार्कीको नामसमेत लिएका छन् । उनीहरुकै कारण आफू आ८त्मह८त्या गर्न बाध्य भएको भिडियोमा खुलासा गरेका छन् । यो भिडियोसँगै पुडासैनी आ८त्मह८त्याले गम्भीर मोड लिएको छ । प्रहरीले पुडासैनीलाई आ८त्मह८त्या गर्न बाध्य पार्नेलाई कारबाही हुने बताएको छ । चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले परिवारका सदस्यको किटानी जाहेरी भने आइनसकेको बताए ।
‘हामीले भिडियोबारे घ८टना भएदेखि नै अनुसन्धान गरिरहेका छौं । आ८त्मह८त्या गर्न बाध्य पारिएको फेला परेको छ । अब पीडित परिवारले किटानी दिए नाम लिएका माथि प८क्राउ गरेर अनुसन्धान हुन्छ,’ मल्लले भने । यो भिडियोसँगै अब न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने, दीपक बोहोरा, युवराज र नर्स अस्मिता कार्कीमाथि प्रहरीले अनुसन्धान गर्ने जनाएको छ ।