बलिवूड स्टार नायीका बिद्या सिन्हा को निधन
मुम्बई,साउन ३१ । बलिउडको एक समयकी चर्चित अभिनेत्री विद्या सिन्हाको निधन भएको भएको छ । ७१ वर्षीया सिन्हाको बिहीबार निधन भएको हो । मुम्बईको जुहूस्थित क्रिटीकेयर अस्पतालमा उनले आज करिब १२ बजे अन्तिम सास फेरेकी हुन् ।

समाचारले जनाए अनुसार उनी लंग्स तथा कार्डिएक डिस्अडरको समस्याबाट पिडित रहेकी थिइन् । लंग्सको समस्या केही बर्ष देखिको हो । गत साता उनको हालत निकै बिग्रिएको थियो । उनको अवस्थालाई देखेर अस्पतालले भेन्टिलेटरमा राखेको थियो । ब्लड प्रेसर र प्लस रेट स्थिर भएका कारण उनलाई भेन्टिलेटरमा राखिएको थियो ।
विद्याले छोटी बात, रजनीगन्धा, तुम्हारे लिए, पति पत्नी और वो, मुक्ति, इनकार, स्वयंबर, मगरुर और सफेद झुट जस्ता कयो फिल्ममा अभिनय गरेकी थिइन् । उनी रिल लाइफको अलवा रियल लाइफमा पनि चर्चामा रकेही थिइन् ।