स्कुल विभाग ईश्वर पोखरेललाई, नारायणकाजीले पाए प्रचार विभाग
काठमाण्डौं,साउन ३१ । सत्तारुढ दल नेकपाको सचिवालय बैठकले विभागको जिम्मेवारी कसलाई दिने भन्ने टुङ्गो लगाएको छ ।
शुक्रबार बालुवाटारमा बसेको सचिवालयको बैठकले सबैभन्दा धेरै विवादमा रहेको स्कुल विभागको संयोजक ईश्वर पोखरेललाई बनाउने निर्णय गरेको छ । यही विभागको दावी गर्दै आएका नारायणकाजी श्रेष्ठलाई भने प्रचार विभाग दिइएको छ ।
त्यसैगरी विदेश विभागमा माधवकुमार नेपाल र नीति तथा अध्ययन विभागमा झलनाथ खनाल तोकिएको छ । यसअघि नै सहमति भइसकेका भनिएको संगठन विभागमा बामदेव गौतम नै पक्का भएका छन् ।