पुडाशैनीको श्रीमतीले दिइन् रवि लामिछानेविरुद्ध प्रहरीमा जाहेरी

काठमाडौं, १ भदौ । माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको घटनामा पुडाशैनीको श्रीमती सम्झना घिमिरेले चर्चित टेलिभिजन कार्यक्रम रवि लामिछाने विरुद्ध उजुरी दिएकी छन् । प्रहरीले तीन दिन अघि नै सो घ टनाको छानविन गर्न रवि लामिछाने सहित तीन जनालाई प क्राउ गरी अनुसन्धान सुरु गरीसकेको छ । प्र करणमा छानबिनका लागि प क्राउ परेका सञ्चारकर्मी रवि लामिछानेविरुद्ध पीडित परिवारले आइतवार किटानी जाहेरी दिएको छ ।

लामिछानेका परिवारले महानगरीय प्रहरी परिसर काठमाडौंमा लामिछानेसहित सोही प्रकरणमा प क्राउ परेका ‘सिधा कुरा जनतासँग’ नामको टेलिभिजन कार्यक्रममा कार्यरत युवराज कँडेल र स्टाफ नर्स ओखलढुंगाकी अस्मिता कार्कीविरुद्ध किटानी जाहेरी दिएको हो । मृ तककी श्रीमती सम्झना घिमिरे पुडासैनीले आफैं प्रहरीमा उपस्थित भएर किटानी जाहेरी दिएकी हुन् ।

किटानी जाहेरीमा उनले आफ्ना श्रीमानलाई लामिछाने, कँडेल र कार्कीले ह त्याको बाटो रोज्न बाध्य पारेकाले उनीहरुमाथि मुलुकी अ पराध संहिताको दुरुत्साहनअन्तर्गत का रबाही गर्न माग गरेकी छन् । किटानी जा हेरी दिने क्रममा उनी भावुक भएर रोएकी थिइन् । पुडाशैनीको १३ दिनको काजक्रिया शनिवार सकिएपछि उनी आइतवार उजुरी दिनप्रहरी कार्यालय पुगेकी हुन् ।

२० साउनमा चितवनको नारायणगढस्थित एक होटलमा झु ण्डिएको अवस्थामा मृ त फेला परेका पुडासैनीले मृ त्युअघि रेकर्ड गरेको भिडियोमा उनीहरु तीनजनाका कारण आफूले यस्तो निर्णय लिएको बताएका थिए । उक्त भिडियो केही दिनअघि सञ्चार माध्यममार्फत सार्वजनिक भएको थियो । त्यसलगत्तै प्रहरीले लामिछाने र कँडेललाई उनीहरु कार्यरत न्यूज २४ टेलिभिजनको कार्यालय पानीपोखरी र कार्कीलाई कलंकीबाट प क्राउ गरेको थियो ।

चितवन जिल्ला अदालतले उनीहरु सबैलाई पाँच दिन थु नामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । लामिछाने समर्थकले भरतपुरमा जम्मा भएर उनीहरुमाथि छानबिन र का रबाही नगर्न दबाब दिइरहेका छन् । त्यस क्रममा उनीहरुले जिल्ला प्रहरी कार्यालयमा समेत तो डफोड र ढुंगा मुढा गरेका छन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv