प्रमोद र शिव को जोडी स्वाभिमान एल्बममा

काठमाण्डौं, भाद्र १ । गीतकार निरभिमको राष्ट्रिय गीतको संगालो “स्वाभिमान” एल्बम बिमोचन भएको छ ।

शनिबार पर्यटन बोर्डको प्रेक्षालयमा उक्त एल्बम सार्वजनिक गरिएको हो । प्रमुख अतिथी बरिष्ठ गीतकार रत्न शम्सेर थापा,बरिष्ठ संगीतकार दिपक जंगमका साथै सो एल्बमका गायक गायिका प्रमोद खरेल,शिव परियार,जुनु रिजाल,एरेन्जर महेश्वर मान राजभण्डारी, गायिका बुनु श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।

एल्बममा पाँच वटा गीत समाबेस गरिएका छन । गीतकार निरभीम हुन भने संगीत भुपेन्द्र रायमाझी ले भरेका छन । त्यस्तै उक्त एल्बम लाई सरस्वती लामिछाने प्रस्तुतकर्ता रहेका छन । १ सागर सम्म चन्द्र सुर्य – शिव परीयार, २ नेपाली छोरो स्वाभिमान – आशिष गुभाजु, ३ आफ्नै चिनारी बनाई राखौं – प्रमोद खरेल, ४ बिदेशी माटो स्वर्ग नै होस् – जगदिश समाल,प्रदिप निरौला, ५ आकाश छ साझा सबैकोलागी – अन्जु पन्त, मधु गुरुङ,जुनु रिजाल, हरिशंकर चौधरी, मनोज शिवाकोटी र प्रदिप निरौलाको स्वर रहेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv