चितवनमा भइरहेको प्र दर्शन रोक्न काँग्रेस र नेकपाको सहमति

काठमाण्डौं,भाद्र २ । शालिकरामको रहस्यमय मृत्युका सम्बन्धमा अनुसन्धान गर्न चर्चित कार्यक्रम प्रस्तोता रवि लामिछाने सहित तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न थालिए पछि चितवनको जनजिवन नै अस्तब्यस्त पार्ने किसिमले तिनदिन देखि प्रदर्शन जारी छ । पुडाशैनीले दे ह त्या ग गर्नु अघि रेकर्ड गरेको भिडियोमा रवि लगायत तीन जनाको नाम लिँदै आफुलाई यस्तो निर्णय गर्न बाध्य पार्ने यिनै हुन् भनेर किटान गरेपछि प्रहरीले अनुसन्धानका लागि तीन जनालाई निय न्त्रणमा लिएको छ ।

रवि लामिछाने लगायत प क्राउ परेको खबर बाहिरिएसंगै चितवनमा रविका समर्थकको भिड जम्मा भएको छ । शुक्रवार देखि चितवनको अवस्था तना वपूर्ण भएपछि नागरिक समाज, नागरिक दल र सुरक्षा निकायको सर्वदलिय बैठकले अनुसन्धान प्रभावित हुने गरी भइरहेका प्र दर्शन र नारा वाजीलाई निरुत्साहित पार्ने निर्णय गरेका छन् । प्रहरी चौकी माथि आ क्रमण समेत हुन थालेपछि यस्तो कृयाकलाप विरुद्ध सत्तारुढ दल नेकपा र प्रतिपक्षि नेपाली कांग्रेस समेत एक भएर त्यस्ता कृयाकलाप बिरुद्ध क डाई गर्ने निर्णय गरेका छन् । उनीहरुले अनुसन्धानलाई प्रभाव पार्नेगरी हु ल हुज्जत समेत नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकमा सत्तारुढ नेकपाका जिल्ला अध्यक्ष यमबहादुर परियार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचिव उत्तम जोशी सहभागी थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख पनि उपस्थित थिए । अदालतवाट म्याद थप भइ आएका ब्यक्तिलाई रिहाईको माग गर्दै भइरहेका प्र दर्शनले चितवनको दैनिक जिवनमा नै असर परीरहेको ठहर गर्दै पक्ष र विपक्षमा हुने यस्ता प्र दर्शन रोक्ने निर्णय वैठकले गरेको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv